काठमाडौँ । बारा जिल्ला मा एक जना निर्वाचन कर्मचारी मतदानस्थलमै बेहोस भएका छन्।
सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी अचानक बेहोस भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर का अनुसार बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह रहेका छन्।
अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि बाराकै अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।







