दोलखामा मतदान केन्द्रमा विवाद, स्थिति नियन्त्रणमा लिन हवाई फायर

काठमाडौँ । तामाकोशी क्षेत्रमा रहेको एक मतदान केन्द्रमा विवाद भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्।

दोलखा जिल्ला को तामाकोशी गाउँपालिका–४ स्थित मतदान केन्द्रमा केही व्यक्तिले मतदानस्थलमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार सुरक्षाकर्मीले एक–दुई राउन्ड हवाई फायर गरेपछि स्थिति नियन्त्रणमा आएको छ।

उनले मतदान केन्द्रमा उत्पन्न विवाद तत्कालै नियन्त्रणमा लिइएको र अहिले अवस्था सामान्य भइसकेको जानकारी दिए। सुरक्षाकर्मीको उपस्थितिमा मतदान प्रक्रिया पुनः सामान्य रूपमा अघि बढाइएको प्रशासनले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्