मुस्ताङमा मोटरसाइकल दुर्घटना : निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बागलुङ। मुस्ताङ मा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु भएको छ।

थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका ३२ वर्षीय कर्मचारी सुनिल घताने गम्भीर घाइते भएका थिए। आइतबार राति करिब ८ बजे दुर्घटनामा परेका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिइन्।

घताने प्रतिनिधिसभा निर्वाचनका लागि बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङस्थित जनप्रिय आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका थिए। कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्