अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत्

काठमाडौंनेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपालमा भने हाललाई साविककै मूल्य यथावत् राखिएको जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार उपभोक्तालाई राहत दिने उद्देश्यले बढेर आएको मूल्य समायोजन नगरी पुरानै दर कायम गरिएको हो। निगमका अनुसार अन्तर्राष्ट्रिय मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो।

हाल चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा कायम रहेको छ। ती क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा छ। त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टीतेल १४१ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ। काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम रहेको निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य अवस्था र आपूर्ति व्यवस्थालाई ध्यानमा राखेर आगामी दिनमा आवश्यक निर्णय गरिने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्