कैलाली र कञ्चनपुरका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ सङ्क्रमण पुष्टि

कञ्चनपुर– कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ सङ्क्रमण पुष्टि भएको छ। केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउनु, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिनु र अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणले रोगको पुष्टि गरेको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमूना सङ्कलन गरेको थियो। सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँमा पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको हो ।  हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पालिएका बङ्गुरमा सङ्क्रमण देखिएको छ।

यो रोग लागेका बङ्गुरको मृत्युदर शतप्रतिशतसम्म हुन्छ। सङ्क्रमण फैलिएमा पूरै बथान सखाप हुनसक्छ, किसानको वर्षौंको लगानी र मेहनत एकैक्षणमा नष्ट हुनसक्छ। त्यसैले समयमै सचेत हुनु अत्यावश्यक छ। सङ्क्रमित बङ्गुरमा १०४–१०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउँने तथा बङ्गुरहरूले दानापानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने र छट्पटाउने जस्ता लक्षण देखाउँछन्। कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागमा रातो वा नीलो रङ्गका धब्बा देखिनु पनि प्रमुख पहिचान हो।

“नाकबाट फिँज निकाल्ने, बान्ता गर्ने, छेर्ने र हिँड्दा चाल धरमराउने जस्ता लक्षण देखिए केही दिनभित्रै बङ्गुरहरू मर्छन्। यो रोग मानिसमा सर्ने ‘जुनेटिक’ रोग त होइन, तर आर्थिक क्षति निकै ठूलो छ, जसले साना र मध्यम किसानलाई प्रत्यक्ष असर गर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्