काठमाडौँ- आइसिसी टी-२० विश्वकपअन्तर्गत बिहीबार सुपर-८ चरणका दुई खेल हुँदैछन्। समूह ‘ए’ का दुवै खेल भारतमा आयोजना हुन लागेका हुन्।
पहिलो खेलमा वेस्ट इण्डिज र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम मा अपराह्न सवा ३ बजे सुरु हुने यस खेलमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन्। उद्घाटन खेलमा वेस्ट इण्डिजले जिम्बाब्वेमाथि १०७ रनको फराकिलो जित निकालेको थियो भने दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको थियो। आजको खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीको सम्भावना भने कायम रहनेछ।
दोस्रो खेलमा पहिलो खेल हारेका भारत र जिम्बाब्वेबीच प्रतिस्पर्धा हुनेछ। चेन्नाईस्थित एमए चिदम्बरम स्टेडियम मा साँझ सवा ७ बजे हुने यस खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। विजेता टोलीको सेमिफाइनल यात्रा भने जीवित रहनेछ।
यसअघि समूह ‘बी’ बाट श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ।







