निर्वाचन तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्दैछ। बिहान ११ बजेका लागि तय गरिएको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे विस्तृत छलफल हुने जनाइएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको रणनीति, तयारी र समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिनेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ। चुनावी गतिविधि तीव्र बन्दै गएको अवस्थामा पार्टीको धारणा, प्रचार रणनीति र संगठन परिचालनका विषयमा बैठक केन्द्रित हुने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्