हेटौंडामा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला, बम नभई फोहोरको थुप्रो रहेको पुष्टि

Photo: Nepal Television

मकवानपुर, हेटौंडाहेटौंडा उपमहानगरपालिका–१६ चिसापानीस्थित धरान–चतरा सडकखण्डको बीच भागमा सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला परेको छ। मंगलबार बिहान करिब ५:१५ बजे अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त वस्तु देखेको हो।

वस्तु शंकास्पद देखिएपछि प्रहरीले तत्काल सुरक्षा सतर्कता अपनाउँदै क्षेत्रलाई घेराबन्दी गरेको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेका थिए।

नेपाली सेना अन्तर्गत गोरखबहादुर गणकालिप्रसाद गण बाट खटिएको बम डिस्पोजल टोलीले प्राविधिक परीक्षण तथा डिस्पोजल गरेपछि उक्त वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको पुष्टि गरेको छ। सेनाका अनुसार डिस्पोज गरिएको सामग्री फोहोरको थुप्रो मात्र रहेको बताइएको छ।

घटनापछि केहीबेर सडक आवागमनमा सतर्कता अपनाइएको थियो भने अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्