युवा भावनाअनुसार कांग्रेस क्रियाशील छः प्रदिप पौडेल

काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावना र अपेक्षाअनुसार कांग्रेस क्रियाशील रहेको बताउनुभएको छ।

नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उहाँले जेन–जी पुस्ताका भावना सम्बोधन गर्न कांग्रेसमा कुनै द्विविधा नरहेको स्पष्ट गर्नुभयो।

महामन्त्री पौडेलले हालै सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाएको र निर्वाचनमा होमिन सहज बनाएको उल्लेख गर्नुभयो। उहाँले कांग्रेसको नेतृत्वमा देशको विकास–निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दिलबहादुर घर्ती र पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्