बदलिएको कांग्रेसले गल्ती स्वीकार्दै अघि बढ्छ: गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसले विगतका राम्रा कामको निरन्तरता र कमजोरीको आत्मस्वीकारसहित अघि बढेको बताएका छन्।

गोकर्णेश्वरमा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा थापाले विगतका गल्तीका लागि कसैलाई दोष नदिने स्पष्ट गर्दै आफू पनि त्यही प्रक्रियाको हिस्सा भएको उल्लेख गरे। समाजमा एक–अर्कालाई दोषारोपण गर्ने प्रवृत्तिले समाधान नदिने उनको भनाइ थियो।

थापाले निर्वाचनपछि पनि देश शान्त र स्थिर रहनुपर्नेमा जोड दिए। चुनावपछि हिंसा, आगजनी वा उत्तेजनाको अवस्था दोहोरिन नदिनुपर्ने उल्लेख गर्दै उनले सबैलाई समेटेर अघि बढ्ने साहस कांग्रेससँग रहेको बताए।

उनले रिस र घृणाभन्दा सहकार्य र समन्वयबाट मात्रै देश अघि बढ्न सक्ने धारणा राखे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्