सुकुमबासीको सुरक्षाका लागि डोजर लगाइँदो रहेछः ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुमबासी हटाउने विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अभिव्यक्तिप्रति टिप्पणी गर्नुभएको छ।

झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै ओलीले सुकुमबासीलाई धनीपूर्जा वितरण गरी व्यवस्थित बसोबास गराउने काम एमालेको सरकारले मात्रै गरेको दाबी गर्नुभयो। उहाँले सुकुमबासी हटाउँदा डोजर प्रयोग गरिएको तर्कप्रति व्यङ्ग्य गर्दै सुरक्षाको नाममा विकल्पविनै हटाउनु उचित नहुने बताउनुभयो।

ओलीले सुकुमबासीलाई जग्गाधनीपूर्जा दिन थाल्नेबित्तिकै एमाले सरकार ढाल्ने वा सम्बन्धित आयोग नै खारेज गर्ने प्रवृत्ति दोहोरिएको पनि उल्लेख गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्