काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमासम्बन्धी देखिएको समस्या समाधानका लागि पहल सुरु गर्नुभएको छ ।
यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न सरोकारवाला पक्षसँग छलफलका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
केही समययता स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी नपाएको भन्दै देशका विभिन्न अस्पतालहरूले बिमाअन्तर्गतको सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापतको रकम नपाउँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको बताएका छन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।







