आजदेखि एलपी ग्यास आपूर्ति सहज हुने आयल निगमको दाबी

काठमाडौँ – नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुँदै जाने र बजारमा देखिएको अभाव क्रमशः हट्ने दाबी गरेको छ ।

माघ महिनादेखि विशेषगरी काठमाडौँ उपत्यकामा ग्यासको अभाव देखिँदै आएको छ । उपभोक्ताले लामो समय पालो कुर्नु पर्ने, बिक्रेताले ग्यास नभएको भन्दै फर्काउने तथा डिपोहरूले समेत आपूर्तिमा समस्या रहेको जनाउँदै आएका थिए । जाडोयाममा ग्यासको खपत बढ्ने भएकाले अस्थायी समस्या देखिएको निगमको भनाइ छ ।

नेपाल आयल निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतबाट मासिक करिब ४९ हजार ५ सय मेट्रिक टन ग्यास आयात हुँदै आएको छ । हाल देशभरका ६० वटा ग्यास उद्योगलाई पर्याप्त मात्रामा ग्यास उपलब्ध गराइएको उनले बताए ।

बजारलाई सामान्य अवस्थामा फर्काउन उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न निगमले अनुरोध गरेको छ । साथै, आसन्न चुनावलाई लक्षित गर्दै थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने तयारी भइरहेको पनि निगमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्