काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।
आयोगका अनुसार ६३ राजनीतिक दलका ५७ चुनाव चिह्नअन्तर्गत कूल ३ हजार १ सय ३५ उम्मेदवार अन्तिम सूचीमा परेका छन्। तीमध्ये १ हजार ७ सय ७२ महिला र १ हजार ३ सय ६३ पुरुष उम्मेदवार रहेका छन्।
समानुपातिक बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको आयोगले जनाएको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र नियमावलीअनुसार अन्तिम नामावली प्रकाशन गरेको हो।
यसअघि आयोगले मापदण्ड नपुगेका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको थियो।







