काठमाडौं । सरकारले निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको सालिक निर्माण गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सिंहदरबार परिसरको गुरुयोजना संशोधन गरी सालिक निर्माण गर्न स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको थियो।








