काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्बाट फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो।
यस्तै बैठकले निर्माणाधीन संसद् भवन परिसरमा नवयुवा आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्ने निर्णय पनि गरेको छ।








