मौसमले साथ नदिए हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) – प्रधानमन्त्री सुशीला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउने सम्भावना रहेको बताउनुभएको छ। नवलपरासीको कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भई फर्कने क्रममा प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै हिमाली क्षेत्रमा मौसम अनुकूल नभए दोस्रो चरणमा निर्वाचन गरिने जानकारी दिनुभयो।

उहाँले कम मतदाता भएका स्थानमा सवारीसाधन प्रयोग गरेर भए पनि मतदाता ओसारेर निर्वाचन सम्पन्न गराइने उल्लेख गर्नुभयो। तर, सबै प्रयासपछि पनि निर्वाचन गराउन नसकिने अवस्था आए दोस्रो चरणमा सार्ने विकल्पमा सोच्न सकिने उहाँको भनाइ छ। अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले प्रवेश नपाएकाले ढुक्क भएर आउँदो फागुन २१ गतेको निर्वाचनमा जुट्न प्रधानमन्त्री कार्कीले सबैलाई आग्रह गर्नुभयो।

समयमै निर्वाचन सम्पन्न भई नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देशलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आए पनि समाधान गर्दै निर्वाचन गराइने स्पष्ट पार्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्