मतदातालाई कपडा वितरण गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी

काठमाडौं – पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीले मतदातालाई कपडा वितरण गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी परेको छ। उजुरी परेपछि आयोगले टेमानीसँग लिखित स्पष्टीकरण सोधेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार टेमानीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले पठाएको पत्रमा कपडा वितरण गर्नु निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) खण्ड (व) विपरीत रहेको उल्लेख गरिएको छ।

आयोगले मतदातालाई प्रभावित पार्ने उद्देश्यले जिन्सी सामग्री वितरण गरिएको हो वा होइन भन्ने स्पष्ट पार्न र उल्लङ्घन पुष्टि भएमा किन कारबाही नगर्ने भन्ने कारणसहित ४८ घण्टाभित्र आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्सामा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्