पाकिस्तानले भारतसँग खेल नखेल्ने घोषणा गर्दा आईसीसीको कडा चेतावनी

काठमाडौँ / कोलम्बो — पाकिस्तान सरकारले २०२६ आईसीसी पुरुष टी–२० विश्वकपको समूह चरणमा भारतविरुद्ध तय भएको खेल नखेल्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कडा प्रतिक्रिया जनाएको छ । पाकिस्तान सरकारले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घोषणा गर्दै फेब्रुअरी १५ मा श्रीलंकामा भारतविरुद्धको खेल नखेलेका खण्डमा टोली मैदानमा नउत्रने निर्णय सार्वजनिक गरेको थियो ।

आईसीसीले विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले पाकिस्तानी क्रिकेटलाई दीर्घकालीन असर पुग्ने चेतावनी दिएको जनाएको छ । आईसीसीका अनुसार विश्वकपमा छनोट भएका सबै टोलीले तालिका अनुसार समान रूपमा प्रतिस्पर्धा गर्नु आवश्यक छ र “छानिएका खेल मात्र खेल्ने” निर्णयले प्रतियोगिताको निष्पक्षता र प्रतिस्पर्धा मर्ममा आँच पुर्‍याउने ठहर गरेको छ ।

आईसीसीले विश्वकप खेलहरू क्रिकेटको आधारभूत सर्त र प्रतिस्पर्धाको गरिमा कायम राख्न सबै टोली समान रूपमा सहभागिता जनाउनुपर्छ भन्ने मर्मलाई रेखाङ्कन गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई दीर्घकालीन प्रभावका बारेमा सोच्न आग्रह गरेको छ । फेब्रुअरी १५ मा हुने भनिएको भारत–पाकिस्तान खेललाई विश्वकपकै सबैभन्दा आकर्षक र धेरै आर्थिक लाभ दिने प्रतियोगितामध्ये एक मानिन्छ ।

पाकिस्तानले समूह ‘ए’ अन्तर्गत भारत, नामिबिया, नेदरल्याण्ड्स र संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्ने तालिका छ भने सबै खेल श्रीलङ्कामा खेल्ने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्