इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह

काठमाडौँ । इरानमा विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र हाल इरानमा रहेका नेपालीलाई यथाशीघ्र देश छाड्न अनुरोध गरेको हो । मन्त्रालयले आपत्कालीन अवस्थामा सहज रूपमा बाहिरिन सकिने गरी राहदानी, परिचयपत्रलगायत आवश्यक यात्रा कागजातहरू तयारी अवस्थामा राख्नसमेत आग्रह गरेको छ ।

त्यसैगरी इरानमा रहेका नेपाली नागरिकले आवश्यक समन्वय तथा सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहामा रहेको नेपाली राजदूतावाससँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्