प्रदेश र पालिकाको निर्वाचनभन्दा अगावै कांग्रेसको नियमित महाधिवेशन हुन्छ: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र पालिकाको निर्वाचनभन्दा अगावै कांग्रेसको नियमित महाधिवेशन सम्पन्न हुने बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उहाँले नयाँ महाधिवेशनपछि पार्टीभित्र चुनावका टिकट तल्लो तहबाटै बाँड्ने प्रक्रिया सुरु हुने दाबी गर्नुभयो।

उहाँले प्रदेशको टिकटका लागि अब पार्टी सभापति वा महामन्त्रीको घर धाउनुपर्ने अवस्था नआउने स्पष्ट पार्नुभयो। पार्टीभित्र कुनै गुट नरहेको उल्लेख गर्दै विगतमा चर्चामा रहेको ६०/४० को भागबण्डा अब समाप्त भइसकेको दाबी गर्नुभयो। कांग्रेसले पार्टीभित्र मात्र होइन, बाहिर पनि भागबण्डा नगर्ने नीति लिएको उहाँको भनाइ छ।

कांग्रेस परिवर्तनतर्फ अघि बढिरहेको उल्लेख गर्दै उहाँले बदलिएको कांग्रेसले नै नेपाल बदल्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो। उहाँका अनुसार कांग्रेसमा नेतृत्व मात्र होइन, सोच, सङ्कल्प, शैली र काम गर्ने तरिकामा पनि व्यापक परिवर्तन आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्