काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसिया क्षेत्र सन् २०२६ को सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने जानकारी दिएको हो ।
क्यानका अनुसार सम्मेलन आउँदो बैशाख ३ र ४ गते काठमाडौँमा आयोजना हुनेछ । सम्मेलनमा आईसीसी एसियाअन्तर्गतका सदस्य राष्ट्रका प्रमुख पदाधिकारी, प्रशासक तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेट विकासका लागि रणनीतिक प्राथमिकता, विभिन्न विकास कार्यक्रम, सुशासनसम्बन्धी विषय तथा भावी योजनाबारे विस्तृत छलफल हुने क्यानले जनाएको छ ।
नेपालमा आईसीसीको क्षेत्रीय सम्मेलन आयोजना हुनु नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण अवसर मानिएको छ ।







