राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरूङ चयन

काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरूङ चयन भएका छन्। शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई संघको नयाँ अध्यक्षमा चयन गरेको हो। यसअघि अध्यक्ष रहेका क्षितिज थेवे नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि उनले नेतृत्व हस्तान्तरण गरेका हुन्।

एमालेको परम्पराअनुसार माथिल्लो कमिटीमा निर्वाचित भएपछि तल्लो तहको पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ। गत महाधिवेशनबाट दोहोरिएर युवा संघको अध्यक्ष बनेका थेवे ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत छन्। नवनियुक्त अध्यक्ष गुरूङ यसअघि संघको उपाध्यक्ष पदमा थिए। उनी पनि दोहोरिएर उपाध्यक्षमा निर्वाचित भएका थिए।

दोलखा निवासी गुरूङले अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। त्यसपछि युवा आन्दोलनमा सक्रिय हुँदै उनी राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी सदस्य बनेका थिए। जिल्ला तहमा उपाध्यक्ष हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका गुरूङले त्यस समयमा साविक ७५ जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादन गरेको दाबी गरेका छन्। त्यसपछि उनी नेकपा एमाले दोलखा जिल्ला कमिटी सदस्य निर्वाचित भए। युवा संघमा केन्द्रीय सदस्य, बागमती प्रदेश इन्चार्ज, केन्द्रीय सचिव हुँदै नेपालगञ्जमा सम्पन्न महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गुरूङ संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्