कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, माघ १६ देखि परीक्षण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको जनाएको छ। नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण पूरा भएको हो।

निर्माण सम्पन्न भएको उक्त प्रसारण लाइनलाई तत्कालै राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने आयोजना अन्तर्गत कर्णाली प्रादेशिक प्रमुख शशीभूषण शाहले जानकारी दिनुभयो।

उहाँका अनुसार बाँकेको कोहलपुर सबस्टेशनदेखि सुर्खेतको सुब्बाकुना सबस्टेशनसम्म निर्माण गरिएको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी माघ १६ गतेदेखि परीक्षण सुरु गरिनेछ। बाँके, बर्दिया र सुर्खेत रुटमा परीक्षण सम्पन्न भएपछि प्रसारण लाइन औपचारिक रूपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणले परीक्षण तथा सञ्चालन अवधिमा सुरक्षामा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। टावरमा नचढ्न, कुनै पनि वस्तु नछुन, टावर वरिपरि नजान तथा गाईवस्तु र बालबालिकालाई टावर नजिक जान नदिन अनुरोध गरिएको छ।

त्यसैगरी परीक्षणका क्रममा कतै भिल्का आएको वा कुनै जोखिमपूर्ण अवस्था देखिएमा तत्काल प्राधिकरण वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्