काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन्।
पार्टीका अनुसार बालेनको स्वागत तथा अभिनन्दनका लागि कैलाली र कञ्चनपुरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। बिहान ७ बजे राजापुरमा स्वागत कार्यक्रमसँगै उनको चुनावी अभियान सुरु भइसकेको छ।
राजापुरबाट सुरु भएको अभियान टिकापुर, लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामार्फत धनगढी बजारसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ।
दिउँसो ३ः३० बजे धनगढीबाट पुनर्वातर्फ प्रस्थान गर्ने र त्यसपछि कञ्चनपुरको झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने पार्टीले जनाएको छ।







