निर्वाचन आचारसंहिताका कारण नेपाल व्यापार संघको महाधिवेशन सर्‍यो, चैत्र ७ गते हुने

काठमाडौं – नेपाल व्यापार संघको ३४ औँ वार्षिक साधारण सभा तथा १७ औँ महाधिवेशन सरेको छ। निर्वाचन आचारसंहिता लागू भएकाले यसअघि माघ २४ गतेका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको हो।

संघका अध्यक्ष हरि गौतमद्वारा जारी सूचनाअनुसार अब उक्त साधारण सभा तथा महाधिवेशन २०८२ साल चैत ७ गते शनिबार काठमाडौँस्थित राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा सोही समयमा आयोजना हुनेछ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न कार्यक्रमको मिति परिवर्तन गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्