निर्वाचन आचारसंहिता लागू गराउन सबै पालिका र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता २०८२ लागू गर्न/गराउन पत्राचार गरेको छ। निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेसँगै मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सम्बन्धित सबै निकायलाई आ–आफ्नो क्षेत्रमा आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको हो।

मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलका अनुसार आयोगले हालै सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। सोही अनुरूप स्थानीय तह र जिल्ला समन्वय समितिहरूले पनि आ–आफ्नो क्षेत्रमा आचारसंहिता कार्यान्वयन गराउन पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो।

मन्त्रालयले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै सरोकारवाला निकायले आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्