आज रातिदेखि मौसम बदली भई भोलि र पर्सि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

File Photo: Social Media

काठमाडौं – आज रातिदेखि मौसम बदली भई भोलि र पर्सि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी भेगबाट सुरु हुने मौसमी प्रणालीका कारण भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्छ ।

मौसमविद् सन्दीप अधिकारीका अनुसार यो प्रणाली पर्सि बुधबारसम्म बागमती र कोशी प्रदेशसम्म फैलिनेछ । काठमाडौँ उपत्यकामा पनि बुधबार पानी पर्ने सम्भावना रहेको छ । बुधबार बेलुकादेखि मौसम क्रमशः सुधार हुने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्