काठमाडौं । राष्ट्रिय सभा सदस्यका १८ पदका लागि भएको निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित भएका छन् । नवनिर्वाचितमा अनुभवी, युवा तथा समावेशी प्रतिनिधित्व भएका अनुहारहरू समेटिएका छन् । फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको हो ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको थियो भने नेकपा एक्लै चुनावी मैदानमा थियो । तालमेलबाट उम्मेदवारी दिएका सबै उम्मेदवार विजयी भएका छन् ।
निर्वाचितमध्ये महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाहीजस्ता पूर्व प्रतिनिधिसभा सदस्यदेखि रोशनी मेचे, सोम पोर्तेलजस्ता नयाँ तथा सीमान्तकृत समुदायका प्रतिनिधिसमेत छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल फागुन २१ गतेदेखि सुरु हुनेछ ।
कोशी प्रदेश
१. सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस
२. रोशनी मेचे, नेकपा एमाले
३. सोमनाथ पोर्तेल, नेकपा एमाले
मधेश प्रदेश
१. धमेन्द्र पासवान, नेपाली कांग्रेस
२. रञ्जित कर्ण, नेपाली कांग्रेस
३. महन्थ ठाकुर, लोसपा
४. रेखाकुमारी झा, नेकपा एमाले
बागमती प्रदेश
१. गीता देवकोटा, नेपाली कांग्रेस
२. प्रेमप्रसाद दंगाल, नेकपा एमाले
गण्डकी प्रदेश
१. सम्झना देवकोटा, नेकपा एमाले
२. जगत तिमिल्सिना, नेपाली कांग्रेस
लुम्बिनी प्रदेश
१. बासुदेव जंगली, नेपाली कांग्रेस
२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३. रामकुमारी झाक्री, नेकपा एमाले
कर्णाली प्रदेश
१. ललितजङ्ग शाही, नेपाली कांग्रेस
२, मीनासिंह रखाल, नेकपा एमाले
सुदूरपश्चिम प्रदेश
१. लीलाकुमारी भण्डारी, नेकपा एमाले
२. खम्मबहादुर खाती, नेपाली कांग्रेस





