रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपालाई सघाउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र रुकुम पश्चिममा नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ। यस सम्बन्धमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार औपचारिक सहमतिपत्रमा हस्ताक्षर भएको छ।

सहमतिअनुसार रुकुम पश्चिममा प्रलोपाबाट जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुन उम्मेदवार रहेका छन्। प्रलोपाको चुनाव चिन्ह ‘आँखा’ रहेको छ।

एमालेले दुवै निर्वाचन क्षेत्रमा प्रलोपाको उम्मेदवारलाई समर्थन गर्दै ‘आँखा’ चिन्हमा मतदान गर्ने सहमति भएको कुरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्