भोलिअर्किड स्कुलमा सरस्वती पूजाको विशेष कार्यक्रम सहित पुरस्कार वितरण कार्यक्रम हुने

गुणस्तरी शिक्षा, अनुशासित वातावरण र अभिभावकको भरोसामा स्थापित विद्यालय

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले विद्या, बुद्धि र सिर्जनाको देवी सरस्वतीको पूजा आराधना विशेष कार्यक्रमका साथ आयोजना गर्ने भएको छ। शैक्षिक उन्नति, नैतिक मूल्य र संस्कारलाई समान महत्व दिँदै आएको यस विद्यालयले सरस्वती पूजालाई विद्यार्थीको शैक्षिक यात्रासँग जोडेर मनाउँदै आएको छ।

पहिलो शत्रमा विहान ७ बजेदेखि नै सरस्वतीको पूजा आराधना सहित प्रसाद वितरण गर्नेछ भने दोस्रो सत्रमा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।  विद्यालयले अनुशासित, सुरक्षित र प्रेरणादायी शैक्षिक वातावरणमा शिक्षण-सिकाइ गतिविधि सञ्चालन गर्दै आएको छ। आधुनिक शिक्षण विधि, व्यवहारिक अभ्यास र सह-पाठ्यक्रम गतिविधिमार्फत विद्यार्थीको बौद्धिक, नैतिक र सामाजिक विकासमा जोड दिइँदै आएको विद्यालयले जनाएको छ।

अर्किड प्युपल सेकेन्डरी स्कुलमा अनुभवी तथा दक्ष शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागितामा विद्यार्थी केन्द्रित शिक्षण पद्धति अपनाइएको छ। नियमित कक्षा, परियोजना कार्य, समूहगत गतिविधि र मूल्यांकन प्रणालीमार्फत विद्यार्थीको क्षमता पहिचान गरी मार्गदर्शन गरिन्छ। अर्किड स्कुलको आफ्नो सुविधा सम्पन्न भवन, आफ्नै खेलमैदान समेत रहेको छ ।

विद्यालय परिसर स्वच्छ, सुरक्षित र अनुशासित रहेको छ। उज्याला कक्षाकोठा, आवश्यक शैक्षिक सामग्री, खेलकुद तथा सिर्जनात्मक गतिविधिका लागि उपयुक्त संरचनाले विद्यार्थीलाई सहज सिकाइ वातावरण प्रदान गरेको छ।

सरस्वती पूजाको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा विद्या, विवेक र सदाचारको महत्वबारे विद्यार्थीलाई प्रेरित गरिनेछ। यस अवसरले विद्यार्थीमा अध्ययनप्रति रुचि बढाउने र अभिभावक–विद्यालय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास विद्यालयले लिएको छ।

विद्यालयले आगामी दिनमा पनि गुणस्तरी, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्दै जिम्मेवार नागरिक उत्पादन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्