नेपालले आज श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास टी-२० खेल खेल्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास टी-२० खेल खेल्दै छ। नेपाल र श्रीलंका ‘ए’ बीचको अभ्यास खेल दिउँसो २ः१५ बजेदेखि कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा हुनेछ।

यसअघि मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। उक्त खेलमा नेपालले दिएको १८६ रनको लक्ष्य श्रीलंका ‘ए’ ले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो। अभ्यास प्रयोजनका लागि श्रीलंकामा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बीचको तेस्रो अभ्यास खेल शनिबार हुने तालिका छ।

श्रीलंकाको अभ्यासपछि नेपाली टोली भारत प्रस्थान गर्नेछ। भारतमा टोलीले मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग तीन अभ्यास टी-२० खेल खेल्ने कार्यक्रम रहेको छ। आईसीसी टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्