एसईई परीक्षा चैत १९ देखि २९ सम्म

काठमाडौं – कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। शैक्षिक क्यालेन्डरअनुसार परीक्षा चैतको पहिलो साता हुने तय भए पनि प्रतिनिधिसभा निर्वाचनका कारण परीक्षा तालिका पछाडि सारिएको हो। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार चैत १९ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरिएको छ।

परीक्षा नियन्त्रणको कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। यसै दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा पनि सञ्चालन गरिनेछ। त्यसैगरी दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने गैरआवासीय नेपाली विद्यार्थीहरूका लागि अतिरिक्त अंग्रेजी विषयको परीक्षा लिइनेछ।

परीक्षा नियन्त्रण कार्यालयले तोकिएको समयमै परीक्षा सम्पन्न गर्न सबै तयारी अघि बढाइएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्