निर्वाचन आयोगद्वारा चुनावी आचारसंहिता लागूके गर्न पाइन्छ ? के गर्न पाईंदैन ?

काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावका लागि आचारसंहिता लागू गरेको छ। आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता कार्यान्वयनमा ल्याइएको हो।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, संघ, प्रदेश तथा पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ।

यसका साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय तथा व्यक्तिहरूमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आचारसंहिताको पूर्ण कार्यान्वयन तथा पालना गर्न आयोगले सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्