एमालेले प्रतिनिधिसभा चुनावका लागि अधिकांश उम्मेदवार टुंग्यायो

काठमाडौं – नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। हिजो बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।

उहाँका अनुसार बाँकी रहेका निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार पर्सि मङ्गलवार उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। सचिवालय बैठकले एमालेको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई नै अघि सार्ने निर्णय पनि गरेको छ। अध्यक्ष ओली यसपटक पनि साविककै निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्ने निर्णय भएको छ।

यसैबीच टिकट वितरणलाई लिएर एमालेभित्र असन्तुष्टि देखिन थालेको छ। गएको महाधिवेशनमा प्रतिस्पर्धा गरेका समूहलाई टिकट वितरणमा पाखा लगाइएको आरोपसहित केही नेताहरू असन्तुष्ट देखिएका छन्। उपमहासचिवसमेत रहेका योगेश भट्टराईको निर्वाचन क्षेत्रमै उम्मेदवार टुंगो नलागेको र त्यहाँ अध्यक्ष ओलीले नै उम्मेदवार तय गर्ने निर्णय भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो।

निर्वाचन क्षेत्र तथा जिल्ला कमिटीले गोकुल बास्कोटाको एकल नाम सिफारिस गरेको काभ्रे–२ मा पनि उम्मेदवार टुंग्याइएको छैन। त्यस्तै, कैलाली–२ मा झपट रावलले टिकट नपाएको जनाइएको छ।

टिकट वितरणसम्बन्धी निर्णयप्रति प्रतिक्रिया दिँदै उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रका कार्यकर्तालाई विचलित नहुन आग्रह गर्नुभएको छ। उहाँले पार्टी निर्णयलाई स्वीकार गर्दै निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

नेकपा एमालेद्वारा छानिएका प्रतिनिधिसभा उम्मेदवारहरूको सूची


कैलाली

  1. द्वारिका न्यौपाने
  2. सूर्यबहादुर थापा
  3. गौरीशंकर चौधरी
  4. लेखराज भट्ट
  5. यज्ञराज ढुङ्गाना

कञ्चनपुर

  1. कमला बोहरा
  2. वचनबहादुर सिंह
  3. दीपकप्रसाद भट्ट

अछाम

  1. झपटबहादुर बोहरा
  2. यज्ञ बोगटी

बाजुरा

  1. लालबहादुर थापा

डोटी

  1. दीपक धामी

डडेल्धुरा

  1. चक्र स्नेही

बझाङ

  1. अफिलाल ओखेडा

बैतडी

  1. दामोदर भण्डारी

दार्चुला

  1. गणेशसिंह ठगुन्ना

सल्यान

  1. गुलाबजंग शाह

रूकुम पश्चिम

  1. नन्दराम देवकोटा

सुर्खेत

  1. ध्रुवकुमार शाही
  2. कुलमणि देवकोटा

कालिकोट

  1. नागेन्द्र शाही

जुम्ला

  1. शान्तिबहादुर महत

मुगु

  1. पूर्णबहादुर रोकाया

जाजरकोट

  1. डम्बर बहादुर सिंह

दैलेख

  1. रवीन्द्रराज शर्मा
  2. लक्ष्मीप्रसाद पोखरेल

हुम्ला

  1. दल फडेरा

डोल्पा

  1. लंक रोकाया

नवलपरासी

  1. रामप्रसाद पाण्डे
  2. भगवतीप्रसाद यादव

रूपन्देही

  1. बाँकी
  2. बाँकी
  3. वासुदेव घिमिरे
  4. बाँकी
  5. खिमलाल भट्टराई

पाल्पा

  1. नारायण आचार्य
  2. विष्णु पौडेल

कपिलवस्तु

  1. विश्राम चौधरी
  2. बाँकी
  3. वीरेन्द्रप्रसाद कडौनिया

दाङ

  1. बाँकी
  2. बाँकी
  3. घनश्याम पाण्डे

बाँके

  1. सूर्य ढकाल
  2. बाँकी
  3. दलबहादुर सुनार

बर्दिया

  1. शालिकराम अधिकारी
  2. विमला विक

रूकुम पूर्व

  1. बाँकी

रोल्पा

  1. गोकुल घर्ती

प्युठान

  1. सूर्यबहादुर थापा क्षेत्री

अर्घाखाँची

  1. पिताम्बर भुसाल

गुल्मी

  1. प्रदीप ज्ञवाली
  2. गोकर्ण विष्ट

नवलपुर

  1. भागीरथ सापकोटा
  2. तिलबहादुर महत क्षेत्री

गोरखा

  1. आरसी लामिछाने
  2. मिलन गुरुङ

लमजुङ

  1. पृथ्वीसुब्बा गुरुङ

तनहुँ

  1. भगवती न्यौपाने
  2. केदार सिग्देल

स्याङ्जा

  1. मीनप्रसाद गुरुङ
  2. खिमबहादुर थापा

म्याग्दी

  1. हरिकृष्ण श्रेष्ठ

कास्की

  1. बैणबहादुर क्षेत्री
  2. कृष्णबहादुर थापा
  3. दामोदर बैरागी

बागलुङ

  1. हिरा केसी
  2. मञ्जु शर्मा चालिसे

मुस्ताङ

  1. इन्द्रधारा विष्ट

मनाङ

  1. पोल्देन गुरुङ

पर्वत

  1. पदम गिरी

सिन्धुली

  1. प्रदीप केसी (कटुवाल)
  2. मनोजजंग थापा

रामेछाप

  1. माधवप्रसाद ढुंगेल

दोलखा

  1. पार्वत गुरुङ

सिन्धुपाल्चोक

  1. आङदोर्जे शेर्पा
  2. शेरबहादुर तामाङ

काभ्रे

  1. अमित लामा
  2. बाँकी

धादिङ

  1. भूमी त्रिपाठी
  2. धनबहादुर घले

नुवाकोट

  1. बद्री मैनाली
  2. केशव पाण्डे

रसुवा

  1. प्रेमबहादुर तामाङ

मकवानपुर

  1. रामेश्वर राना
  2. महेश बर्तौला

चितवन

  1. कमलराज पाठक
  2. अस्मिन घिमिरे
  3. शंकरराज थपलिया

काठमाडौं

  1. मोहन रेग्मी
  2. मणिराम फुयाल
  3. रामेश्वर फुयाल
  4. बाँकी
  5. बाँकी
  6. अमनकुमार मास्के
  7. बाँकी
  8. राजेश शाक्य
  9. बाँकी
  10. विनोद श्रेष्ठ

भक्तपुर

  1. सोमप्रसाद मिश्र
  2. महेश बस्नेत

ललितपुर

  1. चेतनाथ सन्जेल
  2. प्रेमबहादुर महर्जन
  3. बाँकी

सप्तरी

  1. सुमनराज प्याकुरेल
  2. सतिश सिंह
  3. ताराकान्त चौधरी
  4. बालकृष्ण चौधरी

सिराहा

  1. रामशंकर यादव
  2. नविनकुमार यादव
  3. लिलानाथ श्रेष्ठ
  4. बिल्टु साह

धनुषा

  1. रामचन्द्र मण्डल
  2. उमाशंकर अग्रहरी
  3. जुली कुमारी महतो
  4. रघुवीर महासेठ

महोत्तरी

  1. लक्ष्मी महतो कोइरी
  2. राम परीक्षण यादव
  3. बाँकी
  4. सरोज यादव

सर्लाही

  1. बाँकी
  2. बाँकी
  3. हरि उप्रेती

रौतहट

  1. अजय गुप्ता
  2. शैलेन्द्र साह
  3. कुन्दन कुशवाहा
  4. रामजी साह

बारा

  1. अच्युत मैनाली
  2. बलवीरप्रसाद चौधरी
  3. ज्वाला कुमारी साह
  4. कृष्ण (किसान) श्रेष्ठ

पर्सा

  1. बाँकी
  2. बाँकी
  3. प्रमोद जैसवाल
  4. जालिम मियाँ अन्सारी

ताप्लेजुङ

  1. बाँकी

पाँचथर

  1. अइन्द्रसुन्दर नेम्वाङ

इलाम

  1. काजिमान कागते
  2. सुहाङ नेम्वाङ

झापा

  1. रामचन्द्र उप्रेती
  2. देवराज घिमिरे
  3. बाँकी
  4. मनोज ताम्ली
  5. केपी शर्मा ओली

संखुवासभा

  1. बाँकी

धनकुटा

  1. राजेन्द्र राई

तेह्रथुम

  1. भानुभक्त ढकाल

भोजपुर

  1. शेरधन राई

सुनसरी

  1. सूर्य पन्दाक
  2. बाँकी
  3. भगवती चौधरी
  4. जगदीश कुशियैत

मोरङ

  1. घनश्याम खतिवडा
  2. दिलीपकुमार बगडिया (अग्रवाल)
  3. दिलीप राई
  4. जीवन घिमिरे
  5. बाँकी
  6. बाँकी

सोलुखुम्बु

  1. कल्पना राई

ओखलढुंगा

  1. अस्मिता थापा

उदयपुर

  1. दुर्गा थापा स्वस्ती
  2. अमरबहादुर रायमाझी

खोटाङ

  1. देवविक्रम राई

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्