देउवा नेतृत्वको कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलायो

 

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै शनिबार बिहान ८ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।

सूचनामा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।

आजैमात्र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । आयोगको उक्त निर्णयपछि देउवा नेतृत्वको पक्षले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

देउवा समूहले यसअघि नै निर्वाचन आयोगको निर्णयलाई मान्य नहुने बताउँदै आएको थियो । बैठकमा आयोगको निर्णय, पार्टीको वर्तमान राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्