विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा चयन

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा–विश्वप्रकाश शर्मा समूहको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापतिमा चयन गरेको छ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा पार्टी विधानअनुसार आह्वान गरिएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेको हो।

चार दिनसम्म चलेको महाधिवेशनले थापालाई सभापति चयन गर्नु अगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीसमेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको थियो। तर उक्त कारबाहीलाई विशेष महाधिवेशनको बन्दसत्र हलले औपचारिक रूपमा खारेज गरेको छ।

जेन–जी आन्दोलनपछि नेतृत्व रुपान्तरणको एजेण्डा बोकेर गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका थिए। तर निर्वाचनअघि महाधिवेशन सम्भव नभएको भन्दै देउवा समूह तयार नहुँदा कांग्रेस विभाजनको अवस्थामा पुगेको थियो।

पार्टीभित्रको विवाद विभाजनको निर्णायक मोडमा पुगेकै बेला देउवा समूहसँगको विद्रोहबाट अघि बढेको विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको हो। यससँगै नेपाली कांग्रेसको नेतृत्व र वैधानिकतासम्बन्धी बहस थप चर्किने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्