विशेष महाधिवेशनको निर्णय हलबाटै हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमतिका नाममा हुने जुनसुकै निर्णय पनि विशेष महाधिवेशनको हलबाटै हुनुपर्ने स्पष्ट पारेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘यो विशेष महाधिवेशन हो। यही हलबाट निर्णय गरेर ठिक छ भनेर भनियो भने मात्रै दुईवटा महामन्त्रीले त्यसलाई मान्नुपर्छ,’ थापाले भने, ‘यति धेरै साथीहरू यहाँ आएर बस्नुभएको छ। उहाँहरूले ल यो निर्णय ठिक छ भन्नुभयो भने त्यो नै अन्तिम निर्णय हुन्छ।’

महामन्त्री थापाले पार्टीभित्र विगतमा आफ्नै सुरक्षाका लागि गुट बन्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। ‘यहाँभित्र ६० को गुट पनि होइन, ४० को पनि होइन। हामीकहाँ बनेका गुटहरू हेर्नुस् त, हामीले फगत आफ्ना सुरक्षाका निम्ति मात्रै गुटहरू बनायौँ,’ उनले टिप्पणी गरे।

विशेष महाधिवेशनको जोखिम उठाउँदै गर्दा आफूहरू कुनै व्यक्तिगत लाभ लिन नलागेको आशय पनि उनले व्यक्त गरे। पार्टीलाई सही दिशामा लैजान र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउन विशेष महाधिवेशन महत्वपूर्ण अवसर भएको थापाको भनाइ थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्