कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज, नीतिगत र संगठनात्मक प्रतिवेदन पेस हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बिहानबाट बन्दसत्र सुरु हुन लागेको हो । महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको खाजापछि बन्दसत्र प्रारम्भ गरिनेछ । ढिलोमा बिहान १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् ।

प्रतिनिधिहरूको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन आह्वान गरिएको हो । महाधिवेशनमा २ हजार ६ सयभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् ।

कार्यविधि तयार गरी बन्दसत्रका कार्यक्रम अघि बढाइने सचिवालयले जनाएको छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । बन्दसत्रमा पार्टीका नीतिगत तथा संगठनात्मक प्रतिवेदन पेस भई छलफल हुने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्