कांग्रेस विशेष महाधिवेशनतर्फ ४९ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकका अनुसार ४९ दशमलब ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेसन गरिसकेका छन् ।

कांग्रेसमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । यसअघि नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग गरेका थिए ।

तीन महिनाअघि प्रतिनिधिहरूले माग गरेको विशेष महाधिवेशनलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । सोही कार्यक्रमअनुसार आज काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र जारी छ ।

उद्घाटन सत्र पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ । विशेष महाधिवेशन भोलिसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्