राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गर्दै उहाँले पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्नुभएको हो। सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले समेत नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान प्रकट गर्नुभयो।

त्यसैगरी, मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियो। हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्