काठमाडौं – उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहमति भङ्ग भएको औपचारिक घोषणा गर्दै कुलमान घिसिङलाई अध्यक्षमा अनुमोदन गरेको छ।
यसअघि रास्वपासँगको सहमति तोडिएको भन्दै घिसिङलाई अध्यक्षमा नियुक्त गरेको पार्टीले लगत्तै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएर उक्त निर्णयलाई अनुमोदन गरेको हो। बैठकले निवर्तमान अध्यक्ष अनुपकुमार उपाध्यायले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामासमेत स्वीकृत गरेको छ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले अब उज्यालो नेपाल पार्टी आगामी निर्वाचनमा ‘चिम’ चुनाव चिह्नबाट सहभागी हुने जानकारी दिए। उनले रास्वपाले एकपक्षीय रूपमा सहमति तोडेको दाबीसमेत गरे।






