प्रदेश नं. ५ प्रदेशसभाका ११ जनाको आरडीटी रिर्पोट पोजेटिभ, पीसीआर परीक्षण गरिने

काठमाडौं – प्रदेश नं ५ प्रदेशसभाका सदस्यको कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए । आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ ।

शुक्रवारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको नियमावली बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले आज अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । – NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्