काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस

काठमाडौं – काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् रुबी पौडेलले जानकारी दिइन्।

मौसम पूर्वानुमान महाशाखाले तापक्रमसम्बन्धी अध्यावधिक विवरण आज बिहान पौने ९ बजे सार्वजनिक गर्ने जनाएको छ। यसैगरी आज बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहने मौसमविद् पौडेलले बताइन्।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्