एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै

काठमाडौं – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको थियो। बन्दसत्र आज भृकुटीमण्डपमा आयोजना हुँदैछ। प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बन्दसत्रका कार्यक्रम मध्याह्न सवा १२ बजेपछि सुरु हुनेछन्।

बन्दसत्र सुरु हुनुअघि आज बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ। गौतमका अनुसार उक्त बैठकमा बन्दसत्रलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। केन्द्रीय कमिटी बैठक बस्ने भएकाले बन्दसत्रको समय पछि सारिएको हो। यसअघि बन्दसत्र बिहानै सुरु गर्ने तयारी गरिएको थियो।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै सोमबार समापन गर्ने तयारी गरिएको छ। यसपटक अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि दाबी प्रस्तुत गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्