नेशनल प्याब्सन खेलकुद सप्ताहः कबड्डी तर्फका खेलहरू सम्पन्न

काठमाडौँ — नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ अन्तर्गत कबड्डी तर्फका खेलहरू आज प्रतिस्पर्धात्मक माहोलबीच सम्पन्न भएका छन्।

छात्रतर्फ भएको खेलमा ज्ञानभूमि स्कुल तारकेश्वरले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी माइलस्टोन स्कुले दोस्रो र अर्किड प्युपल सेकण्डरी स्कुल तथा एजीएम स्कुल तेस्रो स्थानमा रहेका छन्। यसैगरी छात्रातर्फ भने भीमेश्वर स्कुले विजेता बन्दै प्रथम स्थान हात पार्यो। बेष्ट ग्रुप स्कुल दोस्रो तथा अर्किड स्कुल र ट्रीटन स्कुल तृतीय भएका छन् ।

कबड्डीका खेलहरू सञ्चालनका लागि आवश्यक ग्राउण्ड उपलब्ध गराइदिएकोमा आयोजकले एजीएम स्कुलप्रति कृतज्ञता व्यक्त गरेको छ। फुटसल, बास्केटबल, कबड्डी र तानडोरी गरी चार खेल समेटिएको खेलकुद सप्ताह मंसिर २२ गतेदेखि सुरु भएको हो भने आगामी पुस १ गते समापन समारोहका साथ सम्पन्न हुने जनाएको छ। खेलकुद सप्ताहमा १३९ भन्दा बढी विद्यालयको सहभागिता रहनेछ भने कक्षा ९ सम्मका विद्यार्थी मात्र प्रतिस्पर्धामा सहभागी हुने व्यवस्था गरिएको नेशनल प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलपा विभाग प्रमुख प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्