एनपीएल: आजको इलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको इलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि निर्णायक मानिएको छ। आजको खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा प्रवेश पाउनेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ। आगामी दोस्रो क्वालिफायरमा भोलि विराटनगर किङ्स र इलिमिनेटरको विजेताबीच फाइनल यात्रा सुनिश्चित गर्ने भिडन्त हुनेछ।

यसअघि हिजो सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो वर्ष फाइनलमा स्थान पक्का गरिसकेको छ। अघिल्लो वर्षको पहिलो संस्करणमा फाइनल यात्रा गरे पनि जनकपुर बोल्ड्ससँग हार व्यहोरेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ। अब फाइनलमा उसले भोलि हुने दोस्रो क्वालिफायरको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्