लुम्बिनी लायन्स ‘प्ले अफ’मा प्रवेश, जनकपुर बोल्ट्स पराजित

काठमाडौँ – लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले अफ’मा प्रवेश गर्न सफल भएको छ। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो। जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। जनकपुरका सङ्गीत कुरेले ४५ रनको नटआउट इनिङ खेले भने मायन यादवले पनि २७ रन जोडे। लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान २/२ विकेट लिए।

१३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर १ बलमै ६ विकेट गुमाएर लक्ष्य भेटायो। कप्तान रोहितकुमार पौडेलले ३४, डी.आर.एस. सर्टले ३० तथा जेजे स्मिथले २१ रन बनाए। जनकपुरका सङ्गीत कुरे ३ विकेटसहित प्रभावकारी देखिए भने मायन यादवले २ र सञ्जय कृष्णमूर्तिले १ विकेट लिए। यस जितसँगै लुम्बिनी लायन्सले ७ मध्ये ४ खेल जितेर ८ अंक जोड्दै ‘प्ले अफ’मा स्थान सुरक्षित गरेको छ। जनकपुर बोल्ट्स भने ६ खेलमध्ये केवल १ जित हासिल गर्दै २ अंकमा तालिकाको पुछारमा रहँदै बाहिरिएको छ। जनकपुरले अब लिग चरणको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ।

लुम्बिनीको जितसँगै पोखरा एभेन्जर्स र चितवन राइनोज पनि ‘प्ले अफ’बाट बाहिरिएका छन्। यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किङ्ग्स ‘प्ले अफ’मा पुगेका छन्। कर्णाली याक्स भने पहिले नै प्रतिष्पर्धाबाट बाहिरिसकेको छ। दोस्रो संस्करणको एनपीएल मङ्सिर १ गतेदेखि सुरु भएको हो र यही मङ्सिर २७ गतेसम्म जारी रहनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्