मधेश प्रदेशमा नयाँ सरकार गठनबारे सात दलको बैठक निष्कर्षविनै टुंगियो

काठमाडोँ – मधेश प्रदेशमा नयाँ सरकार गठनको सम्भावनासहित बसेको सात दलीय बैठक कुनै सहमति बिना टुंगिएको छ। बैठक निष्कर्षविनै सकिएको जानकारी जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले दिएका छन्।

बैठकमा कांग्रेस र लोसपा दुबै दलले मुख्यमन्त्रीको दाबी नछोडेपछि सहमतिको मार्ग बन्द हुँदै गएको छ। कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेको भन्दै अब आफ्नो पालो आएको तर्कसहित मुख्यमन्त्री पद आफ्नो दललाई दिनुपर्ने अडान राखेको छ।

यसैबीच लोसपाले भने पटकैपटक अन्याय भएको दाबी गर्दै अडान कडा पारेको छ। लोसपाका अनुसार जितेन्द्र सोनल नेतृत्वको सरकार धेरै दिन नटिक्नु र “अपमानपूर्ण रूपमा हट्नु” परेकोले फेरि एकपटक नेतृत्व गर्न अवसर दिनु पर्ने माग राखिएको छ। यस्तो अवस्थामा कांग्रेस र लोसपाले आजैभित्र अन्तिम सहमति खोज्ने र त्यसपछि सात दलको अर्को बैठक बस्ने प्रारम्भिक समझदारी बनेको प्रमुख सचेतक यादवले जानकारी दिए। मधेश प्रदेशमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने समय भोलि बेलुका ५ बजेसम्म रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्