१५औँ महाधिवेशनमा सभापतिको लागि प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी १५औँ महाधिवेशनमा आफू सभापति पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने क्रममा मंसिर १५ गते केन्द्रीय समितिले कार्यतालिका सार्वजनिक गरेको थियो।

कार्यतालिका सार्वजनिक भएपछि महामन्त्री थापाले आफू सभापति पदमा उठ्ने निर्णय सार्वजनिक रूपमा घोषणा गरेका हुन्। हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रमका क्रममा पत्रकार निमेष बञ्जाडेसँग कुरा गर्दै उनले भने, “म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो।”

थापाले आफ्नो उम्मेदवारीप्रति विश्वास व्यक्त गर्दै कांग्रेसभित्र व्यापक समर्थन रहेको दाबी गरे। “नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५औँ महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ,” उनले भने।

थापाको उम्मेदवारी घोषणासँगै नेपाली कांग्रेसभित्रको नेतृत्व प्रतिस्पर्धा औपचारिक रूपमा चर्किएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्